मिस वल्र्डको उपाधी थाईल्याण्डकी ओपलले जितिन्

मिस वल्र्डको उपाधी थाईल्याण्डकी ओपलले जितिन्

  • शनिबार, जेष्ठ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

तेलंगाना । यस वर्षको मिस वर्ल्डको ताज थाइल्यान्डकी ओपल सुचाता चुआंग्स्रीलाई पहिराइएको छ। शनिबार साँझ भारतको तेलंगानाको हैदराबदस्थित हाइटेक्समा आयोजित समारोहमा ७१ औँ मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई ७२ औँ संस्करणको नतिजा घोषणासहित ताज पहिराएकी हुन् ।

प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजेले दोस्रो स्थान प्राप्त गरेकी छन् भने मार्टिनिककी औरेली योहाचिम तेस्रो भएकी छन् । मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता मे ३१ शनिबार नयाँ मिस वर्ल्डको छनोटसँगै समाप्त भएको छ ।

यो वर्ष ग्रान्ड फिनालेको होस्टिङ मिस वर्ल्ड २०१६ स्टेफानी डेल भ्यालेले भारतीय प्रस्तोता साचिन कुम्भारसँग संयुक्त रूपमा गरेका थिए । सो प्रतियोगितामा नेपालबाट सृच्छा प्रधानले प्रतिनिधित्व गरेकी थिइन् भने भारतकी नन्दिनी गुप्ता सहित १०८ देशका युवतीहरूले ‘मिस वर्ल्ड’ प्रतियोगितामा भाग लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी