राजसंस्था चाहिएकै हो भने मैदानमा उत्रन पूर्व राजालाई गगनको चूनौती : गगन थापा

राजसंस्था चाहिएकै हो भने मैदानमा उत्रन पूर्व राजालाई गगनको चूनौती : गगन थापा

  • शनिबार, जेष्ठ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

१७ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र सभापति शेरबहादुर देउवा भन्दा अरु धेरै व्यक्ति प्रधानमन्त्री चलाउन सक्षम रहेको दावी गरेका छन् ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ । म अहिलेको मेरो पार्टीको सभापति भन्दा म अबको १२, १५ महिनापछि उहाँ प्रधानमन्त्री हुने भन्ने छ,’ महामन्त्री थापाले भने, ‘म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ ।’

फरक प्रसंगमा थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने बताए ।

राजतन्त्र पुनःस्थापनका लागि पूर्वराजा शाहलाई मैदानमा उत्रिन उनले चुनौती दिए ।

‘नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले नेपालको राजसंस्थालाई न हिजो, न भोलि, कसैले पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउनै सक्दैन । त्यसैले हाम्रो डिभेट संवैधानिक राजसंस्था, राजतन्त्र छान्ने की गणतन्त्र छान्ने भन्नेमा हुँदै हुँदैन,’ महामन्त्री थापाले भने, ‘हाम्रो डिभेट नेपालमा की राजा रहन्छ, राजसंस्था रहन्छ, कि गणतन्त्र रहन्छ, कुन छान्ने भन्ने हो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ