सेवा निवृत्त कर्मचारिलाई राज्यले विभेदकारी व्यवहार गर्यो, माग सम्बोधन नगरे आन्दोलन् गर्न बाध्य हुनेछौं’

सेवा निवृत्त कर्मचारिलाई राज्यले विभेदकारी व्यवहार गर्यो, माग सम्बोधन नगरे आन्दोलन् गर्न बाध्य हुनेछौं’

  • शनिबार, जेष्ठ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

२०८२ जेठ १७ गते । काठमाडौं । सेवा निवृत्त कर्मचारीहरुलाई राज्यले विभेदकारी व्यवहार गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वहालवाला कर्मचारीहरुलाई ५ हजार भत्ता दिएर आफूहरुलाई वेवास्ता गरेको गुनासोसमेत गरेका हुन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले सेवा निवृत्तहरुले गर्ने संघर्षमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका छन् । श्रेष्ठले सरकारले सेवा निवृत्त राष्ट्र सेवकहरुको सेवासुविधा
नबढाई उपेक्षा गरेमा आफूहरुले कडा संघर्ष गर्ने चेतावनी पनि दिए ।

त्यसैगरी सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका अध्यक्ष बाबुराम पाण्डेले नियम अनुसार हरेक ३÷३ वर्षमा तलब वृद्धि हुनुपर्नेमा ४ वर्ष वितिसक्दा पनि सरकारले तलब वृद्धि नगर्नु दुःखद भएको बताएका छन् ।

वहालवाला कर्मचारीहरुलाई थप भत्ता दिएर ‘ललिपप’ देखाएको बताउँदै पाण्डेले भने,“निवृत्त राष्ट्रसेवकको उर्जाशील जीवनभरी राष्ट्रलाई गरेको योगदानको अबमूल्यन गरेको छ, यदि समयमै हाम्रो पेन्सन वृद्धि वा विशेष व्यवस्था नगरे हामी संघर्ष गर्न बाध्य हुनेछौं ।”

सेवा निवृत्त राष्ट्रिय संगठन नेपालका महासचिव विनोद थापाले निवृत्त राष्ट्र सेवक कर्मचारीहरुको सेवा–सुविधा नियोजितरुपमा वृद्धि नगरिएको भन्दै त्यस विरुद्ध आफूहरु संघर्ष गर्न पछि नपर्ने चेतावनी दिए ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका संस्थापक सदस्य तेज प्रसाद पुडासैनीले कर्मचारीहरुलाई वेवास्ता गर्ने तर मन्त्री, सांसद तथा उच्चपदस्थहरुको सेवासुविधा बढाउने सरकार गैर जिम्मेवार भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा सेवा निवृत्त राष्ट्रिय संगठनका सल्लाहकार बासुदेव हुमागाई, गंगाबहादुर भूजेल, उपाध्यक्ष द्वोय मित्रप्रसाद खतिवडा र रमा घिमिरे लगायत कोषाध्यक्ष बयान बहादुर कार्की लगायत कार्यसमिति सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ