जुलुश र प्रदर्शनले यो व्यवस्था परिवर्तन हुँदैन : प्रचण्ड

जुलुश र प्रदर्शनले यो व्यवस्था परिवर्तन हुँदैन : प्रचण्ड

  • शनिबार, जेष्ठ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष प्रचण्डले राजावादीहरूको प्रदर्शनले मुलुकमा व्यवस्था परिवर्तन नहुने बताएका छन्।

आज नुवाकोटमा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले राजावादीहरूले मानिसहरूलाई भाडामा ल्याएर प्रदर्शनमा सहभागी गराएको दाबी गर्दै त्यसरी हुने प्रदर्शन र जुलुसले व्यवस्था परिवर्तन नहुने बताएका हुन्।

ुभाडामा मान्छे ल्याएर कहिलेकाहीँ जुलुस गर्नु सामान्य हो। व्यवस्था र संविधान परिवर्तन असम्भव छ,ु उनले भने।

अध्यक्ष प्रचण्डले भने “चुनाव लडेर बहुमत ल्याएर सरकार बनाउने स्वतन्त्रता उनीहरूलाई छ। त्योभन्दा अरू कुनै तरिकाले संविधान जाने भन्ने हुन सक्दैन”।

उनीहरुसँग पैसा अलिकति छ। चैत १५ गते नै पैसा दिएर आएका हौं भन्ने मान्छेहरू लुटपाटमा लागेको हामीले देखिसकेका छौं।त्यसकारण भाडामा आएका मान्छेले व्यवस्था परिवर्तन, संविधान परिवर्तन गर्ने भन्ने हुनै सक्दैन, उनले भने।

ुअहिले राजाप्रतिको सम्मान भन्दा पनि काँग्रेस र एमालेले सरकारमा बसे गरीरहेको क्रियाकलापप्रति आक्रोशित जनता त्यो आन्दोलनमा मिसिएको प्रचण्डको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी