एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा

एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा

  • बिहिबार, जेष्ठ १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, १५ जेठ । एएफसी यु–२३ एसियन कप छनोटमा नेपाल समूह ‘के’ मा परेको छ ।

एसियन फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरको ‘ड्र’ अनुसार नेपालको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्सको टिम रहेका छन् । यो समूहको खेल ताजकिस्तानमा हुनेछ ।

छनोट प्रतियोगितामा ४४ टोली सहभागी रहने छन् । यी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।

प्रत्येक समूहका विजेता र चार उत्कृष्ट उपविजेता टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगितामा स्थान बनाउने छन् । आयोजक राष्ट्र साउदी अरेबिया भने सीधै छनोट भइसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी