ईटाभट्टामा जिँउदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमले पाए सफाई, सर्वोच्च जाने सरकारी वकिलको तयारी

ईटाभट्टामा जिँउदै मान्छे जलाएको आरोपमा जेलमा रहेका आलमले पाए सफाई, सर्वोच्च जाने सरकारी वकिलको तयारी

  • बुधबार, जेष्ठ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

वीरगन्ज । इँट्टा भट्ठामा हालेर मान्छेलाई जिउँदै जलाएको कसूरमा ६ वर्षदेखि जेलमा रहेका नेपाली कांग्रेसका नेता एवं रौतहटका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत अस्थायी इजलास वीरगन्जले सफाइ दिएको छ।

पहिलो संविधानसभाको निर्वाचनको बेला चुनावलाई प्रभावित पार्न २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटमा घाइते भएका २३ जना व्याक्तिहरूलाई जिउँदै इँट्टा भट्ठामा हालेर हत्या गरेको कसूरमा दोषी ठहर गर्दै रौतहट जिल्ला अदालतले २०८१ बैशाख १३ गते आलमसहित चार जनालाई जन्ममकैदको सजाय सुनाएको थियो। त्यसबेला रौतहट जिल्ला अदालतले आलमसँगै उनका भाइ ममताब आलम, शेख सेराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको थियो।

बुधबार उच्च अदालत अस्थायी इजलास वीरगन्जले रौतहट जिल्ला अदालतको उक्त फैसलालाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको हो। उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो।

यो फैसला लगत्तै उनी छुटेका छन् । यो उच्चको फैसला बिरुद्ध सरकारी वकिलको कार्यलयले अब सर्वोच्चमा पुनरावेदन गर्ने तयारी थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ