जेठ १४ काठमाण्डौँ । १४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आफू अन्यायमा परेकाले न्याय पाउनु पर्ने माग गरेका छन् ।
सदनमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गरी यो स्पष्टीकरण दिएका हुन् ।
‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ उनले भने ।
तीर्थराज भट्टराईलाई आफूले गृहमा नसारेको जिकिर गर्दै मन्त्री लेखकले आफू बिरुद्ध कतै पनि उजुरी दर्ता नभएकाले राजीनामा दिनु पर्ने कारण नरहेको बताए ।
विगतमा अरु गृहमन्त्रीहरुमाथि पनि प्रश्न उठेको भन्दै त्यस बेला क कसले राजीनामा दिनु भयो ? भन्दै लेखकले प्रतिप्रश्न गरेका छन् ।
अख्तियारले कर्मचारीमाथि छानविन गर्दा कुनै पनि मन्त्रीले राजीनामा नदिएको उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline