राजावादीले प्रशासनको अनुमति नलिई रत्नपार्कमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था चुस्त बनाउने प्रहरीको रणनीति

राजावादीले प्रशासनको अनुमति नलिई रत्नपार्कमा प्रदर्शन गर्ने, सुरक्षा व्यवस्था चुस्त बनाउने प्रहरीको रणनीति

  • बुधबार, जेष्ठ १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जेठ १४ काठमाण्डौँ । राजसंस्था पुनस्थापनाको लागि भन्दै राप्रपा, राप्रपा नेपाल सहित राजावादी शक्तिले भोली जेठ १५ गते रत्नपार्कमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले अनुमति लिएर ससारमा काँही पनि आन्दोलन नहुने भन्दै भद्र अवज्ञा र सत्याग्रह सहितको आन्दोलन रत्नपार्कबाटै थालिने बताएका छन् ।

आन्दोलन समितिले प्रदर्शन स्थलको अनुमतिका लागि प्रशासनमा निवेदन दिएको छैन ।

भोली नै एमालेले दरबारमार्गमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री ओलीले आन्दोलनमा प्रोटोकल नहुने भन्दै दिएको अभिव्यक्ति र काठमाण्डौँ नियन्त्रणमा लिन निर्देशन दिएका थिए । जसको सर्वत्र विरोध भईरहेको छ ।

यसैबीच भोलीको दुबै पक्षको प्रदर्शनलाई भड्किन नदिन प्रहरीले विभिन्न रणनीति बनाएको छ ।

प्रहरीले संयमता अपनाउदै निगरानी र आवस्यक परेमा बल प्रयोगका लागि तयारी गरेको छ । उपत्यकाका विभिन्न प्रहरी ईन्चार्जहरुलाई प्रधान कार्यलयले प्रदर्शनको सुक्ष्म निगरानी र सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएको छ । करीब ४५ सय प्रहरी भोली परिचालित हुने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ