तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने

तस्लीम अन्सारीमाथि भएको अन्याय विरुद्ध संघीय गणतान्त्रिक मोर्चाले आन्दोलन गर्ने

  • मङ्लबार, जेष्ठ १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका–५ का तस्लीम अन्सारीमाथि केही अपराधिक मानसिकता भएका व्यक्तिहरूले गरेको अमानवीय र अपमानजनक व्यवहारलाई लिएर राष्ट्रिय स्तरमै चासो बढिरहेको बेला संघीय गणतान्त्रिक गठबन्धनका शीर्ष नेताहरू पीडित पक्षसँग ऐक्यबद्धता जनाउन सिधै घटनास्थलमा पुगे ।

तस्लीम अन्सारी गम्भीर रूपमा छतविक्षत अवस्थामा पीडित भइरहँदा समेत राज्य संयन्त्रले दोषीलाई कारबाही गर्नुको साटो पीडकमाथिनै उल्टै मुद्दा लगाएर थुनिराखेको छ । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले यसप्रति गहिरो आक्रोश व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “यो एकदम निन्दनीय छ । पीडित तस्लीम अन्सारीमाथि अन्याय हुनु त लाजमर्दो छँदैछ, तर राज्य संयन्त्रले उल्टै उनीमाथि मुद्दा लगाई थुनिराख्नु—यो हाम्रो न्याय प्रणालीकै घोर अपमान हो। यो घटनाले देखाउँछ कि पीडित होइन, शक्तिशालीको पक्षमा कानुन उभिन्छ भन्ने भ्रम अझै जीवित छ।“

“हाम्रो राजनीति आत्मसम्मान र राज्य सत्तामै पहुँचको लागि हो । हामी राजनीतिक गर्छौं पदका लागि होइन। हामी यो आन्दोलन न्यायको लागि, पहिचानको लागि, आत्मसम्मान र उत्पीडित जनताको राज्य सत्तामा पहुँच सुनिश्चित गर्नका लागि गर्छौं,’ उनले भने ।
उनले थप प्रष्ट पारे, “आज मुस्लिम पीडित छन्। भोलि हिन्दु होस्, सिख, इसाई वा आदिवासी जनजाति—यदि अन्याय भयो भने संघीय गणतान्त्रिक मोर्चा उनीहरूकै पक्षमा उभिन्छ। हामी जात, धर्म होइन, पीडा र अन्याय हेर्छौं।“

जेठ १५ मा जनकपुरमा विशाल जुलुस र मोर्चाको औपचारिक घोषणा हुने

पूर्वमन्त्री अन्सारीले जेठ १५ गते गणतन्त्र दिवसको दिन जनकपुरमा ’संघीय गणतान्त्रिक मोर्चा’ को औपचारिक घोषणा गरिने जानकारी गराउँदै, “न्याय, समानता र सामाजिक परिवर्तनका लागि यो ऐतिहासिक मोर्चा बन्नेछ,“ भन्दै सम्पूर्ण उत्पीडित वर्गलाई सहभागी हुन आह्वान गरे ।
यस्तै, बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन कुमार रञ्जनले राज्यको यो चरित्र संविधान र गणतन्त्रको आत्मामाथिको घात रहेको बताएका छन् । यसैगरी, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले संविधानले दिएको मौलिक हक अब सडकबाट लिने कागजबाट होइन भन्ने उद्घोष गरे । त्यस्तै, नेपाल जनजागृति पार्टीका ध्रुवलाल निषादले भने, “संघीयता र समावेशीताको नाममा पीडित वर्गलाई हेपिएको छ, अब प्रतिकार हुनेछ ।“
यस्तै, मधेश प्रदेशका सांसद एवं नेपाल संघीय समाजवादी पार्टीकी नेतृ बिमला अन्सारीले तस्लीम अन्सारी निर्दोष रहेको दाबी गर्दै राज्यले तुरुन्त रिहा नगरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

सर्लाहीको एक पीडितको आवाज आज राष्ट्रिय न्यायको सवालमा रूपान्तरण भएको छ। संघीय गणतान्त्रिक मोर्चाको घोषणा केवल राजनीतिक कदम होइन, यो सामाजिक परिवर्तन, न्यायको पुनस्र्थापना, र उत्पीडित वर्गहरूको राजनीतिक सशक्तिकरण को ऐतिहासिक सुरुवात रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी