माओवादी केन्द्र र नेसपाबीच एकता सम्पन्न, श्रेष्ठलाई सचिवको जिम्मेवारी

माओवादी केन्द्र र नेसपाबीच एकता सम्पन्न, श्रेष्ठलाई सचिवको जिम्मेवारी

  • सोमवार, जेष्ठ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१२ जेठ, काठमाडौं । माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) का नेता गंगानारायण श्रेष्ठ पक्षबीच एकता सम्पन्न भएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र श्रेष्ठ नेतृत्वको नेसपाको सोमबार ललितपुरमा आयोजित पार्टी समायोजन सम्बन्धी भेलामा पाँच बुँदे निर्णय गरिएको छ ।

त्यसमा श्रेष्ठलाई केन्द्रीय सचिव पद दिने र बाँकीलाई सम्माजनक रुपमा संगठनात्मक जिम्मेवारी सहितको कार्यविभाजन गर्ने लगायतका बुँदाहरु उल्लेख छन् ।

प्रचण्ड र श्रेष्ठले हस्ताक्षर गरेको निर्णयमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र माओवाद हुने उल्लेख छ ।

समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गर्ने र तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।

पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रीयताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई सञ्चालन गरिने गर्ने उल्लेख छ ।

पार्टीलाई अब एकता प्रकृयामा लैजादै समाजवादी क्रान्तिको आधार तयार पारेर अघि जाने अध्यक्ष प्रचण्डले प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ