१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने बताएको छ ।
आज बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
प्रवक्ता सापकोटाले गृहमन्त्रीले राजीनामा दिएर यो प्रकरणमा छानविनमा सहयोग गर्नु पर्ने बताए ।
गृहमन्त्री नै रहीरहँदा पावर र पहुँचको प्रभाव पर्ने भएकाले राजीनामा दिनु पर्ने उनले बताए ।
रास्वपाले पनि गृहमन्त्रीको राजीनामा मागिसकेको छ ।
उता काँग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline