आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

आयोजकले ‘वेश्या झै बनाए’को मिस इंग्ल्याण्डको आरोप, मिस वर्ल्डमा भाग नलिने

  • सोमवार, जेष्ठ १२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, १२ जेठ । जब मानिसहरूलाई आफ्नो काम गर्न मन लाग्दैन वा चिन्ता लाग्न थाल्छ तव तिनीहरू आफ्नो नाम र काम सबै छोडेर शान्तिको खोजीमा निस्कन्छन । यो सामान्य मानिसको हकमा मात्रै हुँदैन, कहिलेकाहीँ ग्लैमरस जीवन जिउने मानिसले पनि यस्तो कदम चाल्छन् ।

यस्तै एउटा घटना बाहिर आएको छ, जहाँ मिस इङ्ल्यान्डको उपाधि जितेकी मिल्ला म्यागीले ‘मिस वर्ल्ड ब्यूटी कन्टेस्ट’ मा भाग नलिने घोषणा गरेकी छिन्। तर, म्यागीले शो छोड्नुमा दिएको तर्क सुनेर मानिसहरु छक्क परेका छन्।

भारतमा केही समय पछि आयोजना हुन गइरहेको यो प्रतियोगिता छाडेर आयोजकमाथि शोषण गरेको आरोप मिला म्यागीले लगाएकी छिन् । शोषणका कारण ‘आफू वेश्या झै’ बनेर यो काम गरिरहेको अनुभूति भए पछि मिस वर्ल्डमा भाग नलिने निर्णय गरेको पनि जनाएकी छिन् । सो प्रतियोगिताबाट बाहिरिएको घोषणा पछि पहिलो पटक प्रतिक्रिया दिदैँ उनले आफ्नो निर्णयको पछाडि व्यक्तिगत कारणमात्रै रहेकी बताइन् ।

द सनसँग कुरा गर्दै मिला मागीले आफू परिवर्तनका लागि प्रतियोगितामा प्रवेश गरेको बताइन् । उनका अनुसार आयोजकहरूका अगाडी सधै बाँदरजस्तै यो वा त्यो भनेको मानेर बस्नुपर्‍यो, जसले उनलाई वेश्याजस्तै महसुस गराएको थियो। त्यही भएर अब प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेकी उनले अहिले आएर बल्ल मुख खोलेकी छिन् ।

उनका अनुसार धनी पुरुष प्रायोजकहरूको अगाडि परेड गरे पछि बोल्ने निर्णय गरेको बताइन्। प्रतियोगितामा बिहान देखि बेलुकासम्म भारी मेकअप लगाउन र गाउनमा बस्न निर्देशन दिइएको म्यागीले बताइन् ।

उनले भनिन कि प्रत्येक टेबलमा ६ जना पाहुनाको लागि दुई जना केटीहरू थिए र हामीले उनीहरूसँग साँझसम्म बसेर उनीहरूलाई धन्यवाद दिन मनोरञ्जन दिन भनियो । ‘यो एकदमै गलत हो, म यहाँ मानिसहरूलाई मनोरञ्जन गर्न आएको होइन, म त क्षमता देखाउन आएको हुँ’ उनले भनिन्।

मिला मागीले भनिन्, ‘मिस वल्र्डको एउटै मान हुनुपर्छ तर यो परम्परागत र विगतमा अड्किएको छ। यसले मलाई वेश्याजस्तै महसुस गराएको छ।’

गत मे ७ मा म्यागी प्रमोशनल कार्यक्रमको लागि भारतको हैदराबाद गएकी थिइन्, जहाँ मिस वर्ल्ड प्रतियोगिता हुदैँछ । त्यहाँवाट फर्के पछि गत मे १८ मा उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगिता छाडने जनाएकी थिइन । जसका कारण उनले अहिले खोलेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी