१२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने माओवादीले जनाएको छ ।
२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना सहित पार्टीको बहुमत पक्ष एकतामा जान लागेको श्रेष्ठले जानकारी दिए ।
बाबुराम भट्टराईसँग विभाजित बनेका महेन्द्र राय यादव तत्काल तयार नभएपछि बहुमत नेता कार्यकर्ता लिएर श्रेष्ठ एकता प्रकृयामा जुटेका हुन् ।
सो एकता घोषणा कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संवोधन गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline