राजावादीले अनावस्यक फुर्ति गरीरहेका छन्, जेठ १५ गते काठमाण्डौँ एमालेको नियन्त्रणमा हुने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन

राजावादीले अनावस्यक फुर्ति गरीरहेका छन्, जेठ १५ गते काठमाण्डौँ एमालेको नियन्त्रणमा हुने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

जेठ १५ गते राजावादीहरूले काठमाडौंमा राजसंस्था पुनस्थापनाको माग गर्दै आन्दोलन गर्ने घोषणा यस अघि नै गरीसकेका छन् ।

उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी प्रधानमन्त्री ओलीले कार्यकर्तालाई निर्देशन दिए ।

एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

‘साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने पनि बताए ।

‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? ओलीले भने ।

राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको बताए ।

‘यिनिहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

‘

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ