गृहमन्त्री र पर्यटन मन्त्रीलाई तत्काल बर्खास्त गर्न देउवा सग काङ्ग्रेस सासदको माग

गृहमन्त्री र पर्यटन मन्त्रीलाई तत्काल बर्खास्त गर्न देउवा सग काङ्ग्रेस सासदको माग

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले भ्रष्टाचार आरोप लागेका पार्टीका मन्त्रीहरूलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। ‍पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई पत्र लेख्दै पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न विवादमा मुछिएका तथा भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई हटाउन माग गरेका हुन्।

‘म आग्रह गर्दछु- पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका, वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्’ उनले भनेका छन्।

उनले कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेको नाम नै तोकेर कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

‘गृह मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाइसकेको छ। प्रकाशित सार्वजनिक समाचार अनुसार, गृहमन्त्री रमेश लेखक (माननीय रमेश लेखकको भद्रता सम्झदा यो होइन होला भन्ने एउटा मनको छेउमा लागि रहेकै भएतापनि) को सचिवालय नै मानव तस्करी र आप्रवासन दुरुपयोगमा संलग्न देखिएको छ भनिएको छ, तत्काल बर्खास्त गरियोस् , बजगाइले भनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ