जापान भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

जापान भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो हालै सम्पन्न पाँच दिने जापान भ्रमणलाई उपलब्धिमूलक भएको बताएकी छिन् । गएराति स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री डा राणाले भ्रमणका क्रममा जापानका उच्च अधिकारीहरूसँग भएका भेटवार्ता तथा छलफल नेपालका लागि महत्त्वपूर्ण रहेको बताइन् ।

उनले जापानका विदेशमन्त्री इवाया ताकेसीसँग टोकियोमा भएको द्विपक्षीय भेटमा नेपाल–जापान सम्बन्ध, आपसी हितका विषय र साझा चासोका मुद्दाहरूमा गहन छलफल भएको बताइन् । साथै, जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी ९जाइका०का अध्यक्ष डा तानाका अकिहिकोसँगको भेटमा मन्त्री डा राणाले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरिन् । जाइका सहयोगमा सञ्चालित तथा सम्पन्न परियोजनाहरुका बारेमा समेत विस्तृत छलफल भएको उनले बताइन् ।

भ्रमणका क्रममा मन्त्री डा। राणाले जापानका उपविदेशमन्त्री इकुइना अकिकोसँग पनि शिष्टाचार भेट गरेकी थिइन्। गत हप्ता नेपालमा आयोजित सगरमाथा संवादमा सहभागी भएकी उपविदेशमन्त्री अकिकोलाई उनले धन्यवाद दिएकी थिइन् ।

त्यसैगरी, मन्त्री डा राणा टोकियोमा आयोजित ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकि थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ