तनहुँको मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको मृत्यु, दुई जना घाइते

तनहुँको मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको मृत्यु, दुई जना घाइते

  • आइतवार, जेष्ठ ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

जेष्ठ ११, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप शनिबार राति करिब ११ः ३० बजेको समयमा पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार जिपमा पाँच जना सवार थिए । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरूको दमौली अस्पतालमा प्राथमिक उपचारपश्चात् एक जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

घाइतेमध्ये एक जना गम्भीर छ भने चालकको अवस्था सामान्य रहेको छ । मृत्यु हुनेमा व्यास–५ का ३५ वर्षीय प्रविन थापामगर, सोही ठाउँका २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ । उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए । उक्त घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ