गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर छानविनमा सहयोग गर्न शेखर कोईरालाको सुझाव

गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर छानविनमा सहयोग गर्न शेखर कोईरालाको सुझाव

  • शनिबार, जेष्ठ १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिएर छानविनमा सहयोग गर्न आग्रह गरेका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका हुन्।

यस क्रममा कोइरालाले विगतमा केही मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण लेखकलाई गराएका छन्।

“गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त’, नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ कोईरालाले भने ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको चौतर्फी आरोप लागेपछि उनीमाथि नैतिक दबाब बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ