नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफूहरू सत्ताको खेलमा नलागेको र २०८४ कै चुनाव पर्खेर बताएका छन् ।
पाल्पामा शुक्रबार मगर राष्ट्रिय मुक्ति मोर्चा रम्भा र पूर्वखोला गाउँपालिका पाल्पाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले माओवादी सरकारको अंकगणितमा नलाग्ने स्पष्ट पारे ।
‘हामी सत्ताको गणीतय खेलमा छैनौँ, ०८४ पर्खेर बस्छौँ’, पुनले भने, ‘सरकारमा हुँदा गरेका कामबारे जनतालाई बुझाउँछौँ। गर्न नसकेका र गल्ती भएका कुरामा क्षमा माग्छौँ। गल्ती सुधार गरेर जनतातिर फर्कन चाहन्छौँ।’
‘
जनतालाई सार्वभौम, मालिक र निर्णायक बनाउने आन्दोलनको नेतृत्व गरेका कारण आफ्ना अध्यक्ष प्रचण्डलाई राजनेता मानिएको दाबी उनले गरे।
‘यस अर्थमा हामी कमरेड प्रचण्डलाई राजनेता मान्छौँ। राजनेताले कि इतिहास बदल्छ कि इतिहास मोड्छ। अरू नेताले सामान्य निरन्तरतामा सुधार मात्र गर्छन्’, पुनले भने।