जेठ ९ काठमाण्डौँ । नेपाल प्रहरीले राजावादीहरुले जेठ १५ मा गर्ने आन्दोलनमा जनधनको क्षति नहुने गरी प्रहरीले तयारी गरेको जनाएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसएसपी शेखर खनालले राजावादीहरूले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर अघि बढ्ने बताए ।
,ुजेठ १५ गते राजावादीहरूले गर्ने प्रदर्शनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउँछौँ । त्यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ ।ु राजावादीहरूले गर्ने प्रदर्शनमा कुनै पनि जनधनको क्षति हुन दिईने छैन , उनले भने ।
राजावादी समूहले यही जेठ १५ गते राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
चैत्र १५ गते राजावादीले तिनकुनेमा हिंशात्मक प्रदर्शन गरेपछि झस्किएको प्रहरीले त्यस यता राजावादीको आन्दोलनको निगरानी, नियन्त्रण र हस्तक्षेपका लागि सम्पूर्ण शक्ति परिचालन गर्दै आएको छ ।