भारतमा नेपाली भाषा पढाइने १३ विश्वविद्यालयको सूची

भारतमा नेपाली भाषा पढाइने १३ विश्वविद्यालयको सूची

  • बिहिबार, जेष्ठ ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं ।
नइ एकेडेमीले निकट भविष्यमा दुई दिने ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि विद्यावारिधि तहको पठनपाठन हुने दुवै देशका सपूर्ण विश्वविद्यालयबाट कार्यपत्रहरू प्राप्त भैसकेका छन् ।

नइले सम्पूर्ण कार्यपत्र समाविष्ट ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’नामक ग्रन्थ प्रकाशित गर्ने भएको छ । उक्त ग्रन्थ नौ सय सय पृष्ठ हुने अनुमान गरिएको छ ।

भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा पठनपाठन हुने १३ वटा विश्वविद्यालय केन्द्रित कार्यपत्रहरु प्राप्त भएका हुन् । कलकत्ता विश्वविद्यालय, पटना विश्वविद्यालय, काशी हिन्दू विश्वविद्यालय, उत्तर बङ्ग विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, कञ्चनजङ्घा विश्वविद्यालय, सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, गौहाटी विश्वविद्यालय, डिब्रुगड विश्वविद्यालय, पूर्वोत्तर पर्वतीय विश्वविद्यालय, मणिपुर विश्वविद्यालय र असम विश्वविद्यालयहरूमा समेत नेपाली भाषासाहित्यको पठनपाठन हुँदै आएका सूचना सामग्रीको विश्लेषण यी कार्यपत्रहरूमा गरिएको छ ।

यस सम्मेलनमा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयबाट नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने ३५० जना प्राज्ञको सहभागिता हुने अनुमान गरिएको छ । साथै विद्यावारिधि शोध गरिरहेका र दर्शनाचार्य पूरा गरेका शोधार्थीलाई समेत यस समारोहमा सहभागी गराउन सकिने छ ।

नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि त्रिमूर्ति निकेतनका पदाधिकारीहरू प्रा.डा.महादेव अवस्थी संयोजक र प्रा.केशव सुवेदी सल्लाहकार रहनुभएकोछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी