प्रदेश स्तरीय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धि सिमुलेसन अभ्यास सम्पन्न

प्रदेश स्तरीय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धि सिमुलेसन अभ्यास सम्पन्न

  • बुधबार, जेष्ठ ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

विराटनगर, जेष्ठ ०७ गते । मोरङको विराटनगर महानगरपालिका-१६ रानी स्थितमा रहेको जुटमिलको खेल मैदानमा कोशी प्रदेशस्तरीय एकिकृत कृतिम घटना अभ्यास ९सेमुलेसन० सम्पन्न भएको छ । कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख अतिथ्यतामा जेठ ७ गते दिउँसो उक्त कार्यक्रमको सुभारम्भ भएको हो ।

आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, विराटनगरको आयोजना तथा पूर्वी पृतना हेटक्वाटर इटहरी सुनसरीको समन्वयमा भएको अभ्यासमा बिपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागी नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलद्दारा संयुक्त रुपमा बिपद उद्दार तथा कृतिम घटना सम्बन्धी अभ्यासहरुको प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा आन्तरीक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका माननीय मन्त्री रेवती रमण भण्डारी, प्रदेश सचिव राम प्रसाद आचार्य सहित प्रदेश स्तरीय तथा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालका कर्मचारीहरु, पत्रकार, स्काउटको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बिपद उद्दारको निम्ति उल्लेखनिय योगदान पुर्‍याउनुहुने महानुभावहरुलाई प्रमुख अतिथि कार्कीले प्रशंसा पत्रद्दारा सम्मान गर्नुभएको थियो ।

कोशी प्रदेश सरकारले प्रत्येक बर्ष विपद उद्दारमा परिचालन हुने सुरक्षा निकायहरुलाई निरन्तर रुपमा बिपद उद्दार सम्बन्धि तालिम तथा अभ्यासहरु प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ