अन्तिम खेलमा थाईल्याण्ड बिरुद्ध नेपालको खराब प्रदर्शन, ७८ रनले पराजित

अन्तिम खेलमा थाईल्याण्ड बिरुद्ध नेपालको खराब प्रदर्शन, ७८ रनले पराजित

  • मङ्लबार, जेष्ठ ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा खराब प्रदर्शन गर्दै नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कविता कुवँरले बनाएको २४ रन नै सर्वाधिक रह्यो। ३३ बलमा १ चौका प्रहार गरेकी कविता रन आउट हुन पुगिन्।

रुविना क्षेत्री १२ रनमा क्याच आउट हुन पुगिन्। १९ रन बनाउँदा रिटायर्ड हर्ट भएकी राजमति ऐरी रुविना आउट भएपछि पुनः क्रिजमा आएकी थिईन्। उनी २० रनमा अविजित रहिन्।

सम्झना खड्का ९, कप्तान इन्दु बर्मा ७ र रुवि पोडार ४ रनमा पेभेलियन फर्के। पुजा महतो, रोमा थापा र इश्वरी विष्ट शुन्य रनमा नै आउट भए।

थाइल्यान्डकी ओनिचा कोन्चोम्फुले १९ औँ ओभरमा ह्याट्रिक विकेट लिइन्। एसिया छनोटमा यो पहिलो ह्याट्रिक विकेट हो। उनले १९ औँ ओभरको तेस्रो बलमा रोमा थापा, चौथो बलमा इश्वरी विष्ट र पाचौँ बलमा रिया शर्मालाई पेभेलियनको बाटो देखाइन्।

उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४ विकेट लिदा १५ रन खर्चिईन्। तिपचाले ३ विकेट लिइन्।

त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको थियो।

थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनिषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भईन्।

अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भईन्।

विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाइ ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे।

एसिया क्षेत्र छनोटबाट नेपाल र थाइल्यान्ड ग्लोबल छनोटमा पुगिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी