जेठ ६ काठमाण्डौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक बनाउने चेतावनी दिएका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममा लिङदेनले यस पटक पनि आन्दोलन शान्तिपुर्ण र निरन्तर हुने बताउदै प्रधानमन्त्रीले बुढो भएको र भाग्न नसक्ने भनेकाले उनलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने चेतावनी दिए ।
‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’
‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’ लिङदेनले भने ।