नेपाल भारत सीमा क्षेत्रबाट एक जना चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो

नेपाल भारत सीमा क्षेत्रबाट एक जना चिनियाँ नागरिक पक्राउ, एसएसबीले भारत लग्यो

  • शनिबार, जेष्ठ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

जेष्ठ ३,सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट एक जना चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । एसएसबीले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरी भारत लगेको हो ।

शुक्रबार दिउँसो उनीसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरी लगेको तर, नेपालीलाई भने राति फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

फिर्ता पठाइएका बरियारपट्टीकै डा. सञ्जित दास र मुकेश दासलाई आवश्यक सोधपुछका लागि बोलाइएको सिरहाका प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी दिए । पक्राउको कारणबारे त्यसपछि मात्रै खुल्ने उनको भनाइ छ ।

नेपाल नागरिक डा. सञ्जित चिनियाँ नागरिकको साथी भएको बुझिएको छ । उनी चीनबाट एमबीबीएस अध्ययन गरेका हुने । पढ्न गएकै बेला उनीहरूबीच चिनजान भएको प्रहरी स्रोतको भनाइ छ ।

चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएका उनको पासपोर्टबाट खुलेको छ । शंकास्पद गतिविधि गरेपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय पक्षले दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ