मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्वमन्त्री सिंहको आग्रह

मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुरु गर्न पूर्वमन्त्री सिंहको आग्रह

  • शनिबार, जेष्ठ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

जनकपुरधाम, ३ जेठ । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुचारु गर्नु पर्नेमा जोड गरेका छन ।

नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापतिसमेत रहेका सिंहले आफ्नो १७ महिने कार्याकालमा भएको ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन माग गरेका हुन ।

सो अस्पतालका लागि आवश्यक जनशक्तिको अस्थायी दरबन्दी कायम गरी विज्ञापन गरेर जनशक्ति छनौट समेत भईसक्दा पनि उक्त अस्पताल अहिले सम्म सञ्चालन हुन नसकेकोमा पनि आपत्ति जनाए । जसका कारण उनले तत्काल साे अस्पतालहरू तत्कालै सुचारू गर्नु पर्नेमा जाेडसमेत गरेका छन् ।

प्रदेश सांसद सिंहले मधेसका प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह तथा स्वास्थ्य मन्त्री शत्रुधन सिंहलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्रसमेत बुझाएर तत्काल अस्पताल सञ्चालन प्रकिया अघि बढाउन मागसमेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ