२ जेठ, काठमाडौं ।
कास्कीको पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम फालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
नाम वतन नखुलेको अन्दाजी २०÷२१ वर्षको युवकले शुक्रबार सेतीमा हाम फालेका थिए । ती व्यक्तिले हाम फालेको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले राति ९ बजेर ३५ मिनेटमा उद्धार गरेको हो ।
उनको उद्धारका लागि करिब ४५ मिनेट लागको थियो । रोपरेस्क्यू प्रयोग गरी उद्वार गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
ती युवक हाम फालेको स्थानबाट करिब१०० मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा फेला परेका थिए ।
उनलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline