नेपाल ६ बिकेटले बिजयी, बहराइन समुह चरणवाटै बाहिरियो

नेपाल ६ बिकेटले बिजयी, बहराइन समुह चरणवाटै बाहिरियो

  • बिहिबार, जेष्ठ १, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, १ जेठ । नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको छ ।

आइसिसी महिला ट्वान्टी(२० विश्वकप एसिया छनोटमा बिहीबार नेपालले बहराइनविरुद्ध डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ६ विकेटको जित दर्ता गरेको हो ।

थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि नेपालले आठ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो ।  उक्त लक्ष्य नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित २४ र पूजा महतोले अविजित १३ रन बनाएका थिए भने बहराइनका लागि पवित्रा सेट्टीले तीन विकेट लिएकी थिइन ।
त्यसअघि टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा जित निकालेसँगै नेपालले सुपर–३ को सभ्भावनालाई जिवितै राखेको छ । पराजित बहराइन भने समूह चरणबाटै बाहिरिएको छ । जितसँगै तीन खेलमा पाँच अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित बहराइन एक अंकका साथ पुछारमा थन्किएर बाहिरिएको हो ।

अब नेपालले सुपर–३ मा पुग्नका लागि शुक्रबार हुने हङकङ र बहराइनबीचको खेल कुर्नुपर्नेछ । यो खेलमा बहराइन विजयी भएमा नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी