सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन

  • मङ्लबार, बैशाख ३०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

वैशाख ३०,काठमाडौँ । सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्।

उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ।

संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको जानकारी छ। मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। उनले तयारी स्वरूप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरिएको बताइन् । जसअन्तर्गत जुम्लामा ‘हिमाली डाइलग’, काठमाडौँमा ‘वायु संवाद’, ‘प्री संवाद’ लगायत रहेका छन्।

तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। परराष्ट्रमन्त्री डा. राणाले पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको तथा संवादसम्बन्धी चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिने जानकारी दिइन्।

त्यस्तै, चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिको जलवायुसम्बन्धी प्रतिनिधिले विशेष सम्बोधन गर्नेछन्। संवादमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तीय समानता लगायतका १२ वटा विषयमा छलफल हुने उनले बताइन् ।

कार्यक्रमको मुख्य उद्देश्य जलवायु तथा पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगमा केन्द्रित छलफल गर्नु रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ