काठमाडौं, ३० बैशाख । संघीय संसदको दुबै सदनको बैठक बस्दैँछ । जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ भने राष्ट्रियसभा बैठक अपरान्ह १ः१५ बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन ।
आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।
यसैबीच , संघीय संसदका दुई समितिको पनि बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।
जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे एक अर्कासँग अनुभव आदानप्रदान गरिने भएको छ । जुन बैठक ११ः०० बजे बोलाइएको छ।
उता, पूर्वाधार विकास समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ। जुन बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीका बारेमा छलफल हुनेछ ।