उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

उत्तर छाडेर आइपीएलका बाँकी खेल दक्षिण भारतका तीन सहरमा

  • सोमवार, बैशाख २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।

अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ।

मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट गरेको छ। यदि टूर्नामेंट फेरि मेमा सुरु भयो भने बाँकी १६ खेलहरू बेंगलुरु, चेन्नई र हैदरावादले आयोजना गर्नेछन्।

ईएसपीएन क्रिकइन्फोको रिपोर्ट अनुसार बीसीसीआईले मेमा सुरु गर्ने ब्याकअप योजना बनाएको छ। तर, उनले कुनै कटअफ डेट तोकिसकेको भने छैन, यो आधाकारिक रूपमा यकिन हुन सकेको छैन । यद्यपि बोर्डले प्रतियोगिता पुनः आयोजना गर्न द्रुत गतिमा अघि बढ्दै ३ शहर तयार गरेको बुृझिएको छ।

यसका बाबजुद पनि बीसीसीआई अधिकारीहरुले अहिलेको परिवेशमा आईपीएल आयोजना गर्न निकै कठिन भएको बताउँछन् । विभिन्न फ्रेन्चाइजीका अधिकारीसँग कुरा गरेपछि उनीहरूले यस सिजनका बाँकी खेलहरू वर्षको अन्त्यमा खेल्न सकिने अनौपचारिक रूपमा बताएका छन् ।

आईपीएलमा मा ७४ खेलहरू मध्ये ५७ खेल पूरा भइसकेका छन्। ५८ औं औं खेल मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीच धर्मशालामा खेलिदैँ थियो, जुन १०.१ ओभरको खेल पछि रद्द गरिएको थियो। बीसीसीआईले त्यो खेल फेरि खेल्ने कि नखेल्ने भन्नेबारेमा कुनै निर्णय लिइसकेको छैन । तर, रिपोर्टका अनुसार यो खेल पनि नयाँ तालिकासँगै सम्पन्न हुने अपेक्षा गरिएको छ । अर्थात् प्रतियोगितामा अझै १२ लिग खेल, ३ प्लेअफ र एक फाइनल खेल बाँकी छ ।

हालको तालिका अनुसार पहिलो क्वालिफायर र एलिमिनेटर हैदराबादले आयोजना गर्ने भन्ने थियो भने दोस्रो क्वालिफायर र फाइनल कोलकाताले आयोजना गर्ने थियो। तर, यसमा केही परिवर्तन गर्दै अब बीसीसीआईले यसका लागि नयाँ तालिका सार्वजनिक गर्ने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी