प्रधानमन्त्री केपी शर्मा ओलीले जति जेठ १५ कुरे पनी प्रतिगामी सपना पूरा नहुने राजावादीलाई चेतावनी दिएका छन् ।
आज ससदमा नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रतिगामी सपनाको पछि नलाग्न आग्रह गरे ।
जेठ १५ गते। यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५गते पर्खिनुहोस्,’ ओलीले भने, ‘तपाईंहरुको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन।’
राजतन्त्र फर्काउने भन्दै राजावादी विभिन्न दल र समूहरुले संयुक्त जनआन्दोलन समितिमार्फत जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणाा गरेका छन्।
राजावादीहरुले गणतन्त्र अन्त्य गर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline