कर्मचारीतन्त्रको अगाडि सांसदको केही नलाग्ने रहेछ, टाउकोले पुच्छर हल्लाउने होइन, पुच्छरले टाउको हल्लाउने भयो: बुद्धिमान तामाङ

कर्मचारीतन्त्रको अगाडि सांसदको केही नलाग्ने रहेछ, टाउकोले पुच्छर हल्लाउने होइन, पुच्छरले टाउको हल्लाउने भयो: बुद्धिमान तामाङ

  • आइतवार, बैशाख २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

वैशाख २८, काठमाडौँ । राप्रपा सांसद बुद्धिमान तामाङले कानुन निर्माणमा सांसदहरूमाथि कर्मचारीतन्त्र हाबी भएको बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि छलफल गर्दा कर्मचारी हाबी भएको तामाङले बताएका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा ुसंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८०ुको अन्तिम मस्यौदा प्रतिवेदनमा छलफल भइरहेको छ । सांसद तामाङले कर्मचारीमा ट्रेड युनियन राख्ने, कुलिङ पिरियड राख्ने र अवकाशको उमेर ५८ बाट ६० वर्ष बनाउनेलगायतका विषयमा कर्मचारीतन्त्र हाबी भएको बताएका हुन् ।

सांसद तामाङले ट्रेड युनियनको सम्बन्धमा आफूले लिखित रूपमा फरक मत राख्ने जानकारी समिति सभापति रामहरि खतिवडालाई जानकारी गराएका छन् ।

कर्मचारी ट्रेड युनियन राख्नु हुँदैन । राख्नैपरेमा आधिकारिक रूपमा सुब्बासम्म राख्ने हो कि भन्ने भएको हो । संशोधन दर्ता गर्ने सांसदले पनि राख्न हुन्न भन्नुभएको छ । तर, संशोधन राख्ने सांसद, विज्ञ र लोकसेवाको कुरा सुनेनौं तामाङले भने, ‘सचिव बनाउने खरिदारले उम्मेदवार बोकेर हिँडेको हुन्छ भनेर यहाँ भन्नुभयो । नीति निर्माणको तहमा पनि बस्ने अनि ट्रेड युनियनमा पनि बस्ने ? कर्मचारीसंयन्त्रको अगाडि सांसदको केही पनि नलाग्ने रहेछ । टाउकोले पुच्छर हल्लाउने होइन, पुच्छरले टाउको हल्लाउने भयो ।

राष्ट्रको ढुकुटीबाट तलब खाने व्यक्तिहरूले राजनीतिक दल आबद्ध ट्रेड युनियन खोल्न नहुने तामाङको भनाइ थियो । राष्ट्रको तर्फबाट तलब खानेले युनियन बनाउनु नहुने कुरामा आफु दृणरहेको भन्दै उनले भने ‘म त्यसमा नोट अफ डिसेन्ट राख्छु ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ