झन्डै ३ घन्टा ढिलो गरी मन्त्रीपरिषद बैठक सुरू, पाउला त मुलुकले नयाँ गभर्नर

झन्डै ३ घन्टा ढिलो गरी मन्त्रीपरिषद बैठक सुरू, पाउला त मुलुकले नयाँ गभर्नर

  • बिहिबार, बैशाख २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, २५ बैशाख । मन्त्री परिषद बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा झन्डै तीन घन्टा ढिलो गरी मन्त्री परिषद बैठक सुरू भएको हो ।

साँझ ५ः०० बजेको बोलाइएको मन्त्रीपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्ने सम्भावना रहेको बुझिएको छ ।

सो अघि वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच भेटबार्ता भएको थियो ।

सो भेटबार्तामा एमालेवाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेल र संक्रमणकालिन न्याय सल्लाहकार अग्निप्रसाद खरेल तथा गृह मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणालगायतको उपस्थित थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने सम्भावना रहेको भनिएको मन्त्रीपरिषद बैठक अघि यो भेट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ