परराष्ट्र मन्त्रालयले भन्योः नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ

परराष्ट्र मन्त्रालयले भन्योः नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ

  • बिहिबार, बैशाख २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

वैशाख २५, काठमाडौँ । भारत पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।

पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । पहलगाममा घटनामा १ जना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ुउक्त दुस्खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।ु साथै परराष्ट्र मन्त्रालयले उक्त ुआततायी आतंकवादी आक्रमणु को तत्कालै आलोचना गरेको पनि जनाएको छ ।

साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ