२४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।
गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।
घरमै लडेर घाइते भएका दाहाललाई गएराति करिब १२ बजेतिर मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार उनी बाथरुम जाँदाखेरि अल्झिएर लडेका थिए।उनको टाउकोमा चोट लागेको छ। अस्पताल श्रोतका अनुसार उनको टाउकोमा तीन टाका लगाइएको छ।
उनको सिटीस्क्यान रिपोर्ट सामान्य छ ।रिपोर्ट सामान्य आएपछि अहिले घर फर्किसकेको बताइएको छ ।
घटनाबारे छोरी गंगा दहालले सामाजिक सञ्जाल फेसबुकमा
लेख्दै बुवाकाे अवस्था अहिले सामान्य रहेको र नियमित काममा फर्किसकेको जानकारु दिएकी छन । उनले लेखेकी छन्, `गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद´।