दुर्गा प्रसाईमाथि सम्पत्ति शुघिकरण र बैकिङ कसुरमा पनि अनुसन्धान थाल्यो प्रहरीले

दुर्गा प्रसाईमाथि सम्पत्ति शुघिकरण र बैकिङ कसुरमा पनि अनुसन्धान थाल्यो प्रहरीले

  • सोमवार, बैशाख २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंविरुद्ध दुवै कसुरमा अनुसन्धान सुरु गरेको हो । सीआईबीले सोमबारदेखि उनीसँग बयान थालेको छ ।

प्रसाईं चैत १५ को तीनकुने घटनाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरबाट झिकाएर सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर प्रारम्भिक बयान सुरु गरेको हो । उनीविरुद्ध सीआईबीले उच्च अदालत पाटनबाट पक्राउ पुर्जी लिएको थियो ।

मेडिकल कलेजसहित विभिन्न व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको कर्जा दुरुपयोग र त्यसकै आडमा सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकले उनीमाथि अनुसन्धान गर्न सीआईबीमा पत्र पठाएको थियो । यसबाहेक आपराधिक समूह लगाएर प्रसाईंले व्यापारी तथा बैंक सञ्चालकलाई धम्क्याएको आरोपमा सीआईबीमा जाहेरी परेको थियो । सीआईबीका एसएसपी होविन्द्र बोगटीले राष्ट्र बैंकको पत्र र पीडितबाट परेका जाहेरीका आधारमा प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढेको बताए । चैत १७ मा उच्च अदालत पाटनले प्रसाईंलाई पक्राउ अनुमति दिएको थियो ।

उनीमाथि ज्यान मार्ने उद्योग, संगठित अपराध, आगजानी लगायत तीन कुने घटनाका विभिन्न मुद्धामा अनुसन्धान जारी रहेका बेला अन्य मुद्धामा पनि बयान लिन थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी