चीनका बिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने देउवाको प्रतिवद्धता

चीनका बिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने देउवाको प्रतिवद्धता

  • सोमवार, बैशाख २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

सोमबार जीपी कोइराला फाउन्डेसनले काठमाडौँमा नेपाल–चीन सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा सम्बोधन गदैै उनले एक चीन नीति नेपालले लिएको बताए। ‘एक चीन नीति नेपालले लिएको छ,’ देउवाले भने, ‘मित्रराष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन भन्ने विश्वास म दिलाउन चाहन्छु।’

उनले चीनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृति, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे।

उनले दुई देश बीचको सांस्कृतिक, शैक्षिक सम्बन्धलाई पनि प्रगाढ बनाउनुपर्नेमा जोड दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ