लेखा समिति सभापति पत्नी अञ्जलालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा पुनरावेदन

लेखा समिति सभापति पत्नी अञ्जलालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा पुनरावेदन

  • सोमवार, बैशाख २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

सहकारीको रकम अपचलन अभियोगमा जिल्ला अदालत मोरङबाट धरौटीमा रिहा भएका अन्जला कोइरालासहित ६ जनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी थिइन्।

उनीसहितका ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो।

जिल्ला अदालतको सोही आदेश बदर गर्दै उनीहरुलाई थुनामै राख्न माग गर्दै सरकारी वकिल कार्यालय मोरङ अदालतमा गएको हो ।

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना भएको अभियोगमा २६ जनाविरुद्द मुद्दा दायर भएको थियो।

सभापति ऋषिकेश पत्नी अन्जला लामो समय फरर भएर पुस २४ मा जिल्ला अदालतमा आफै हाजिर भएकी थिइन्। उनी सोही दिन १० लाख धरौटीमा छुटेकी थिइन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ