प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सिंहदरबारमा छलफल भएको छ ।
बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संक्रमणकालीन न्यायसम्बन्धमा पीडितहरूले राखेको सरोकार र यसम्बन्धी दुई आयोगका पदाधिकारी सिफारिसको प्रक्रियाबारे प्रधानमन्त्री र प्रचण्डका बीचमा छलफल भएको जानकारी दिए।
‘टीआरसीसम्बन्धी, विशेष गरी पीडित र सरोकारवालाहरूले उठाएका विभिन्न पक्षहरूमा, त्यसबारेमा भइरहेको प्रक्रियाका विषयमा प्रधानमन्त्रीज्यूसँग प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले उहाँका जिज्ञासहरूमा छलफल गर्ने काम भयो,’ पुनले भने।
पीडितहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर ध्यानाकर्षण गराएको र प्रचण्डलाई पनि भेट्न समय मागेको उनले जानकारी दिए।
संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया सकारात्मक रहेको आफूहरूले पाएको पनि पुनले सुनाए।