माओवादीले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्गमा जागरण अभियान चलाउने

माओवादीले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्गमा जागरण अभियान चलाउने

  • आइतवार, बैशाख २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २१ बैशाख । तराइ मधेस केन्द्रित अभियान चलाएको नेकपा माओवादी केन्द्र अब पहाड उक्लने भएको छ ।

तराइ मधेस हुलाकी राजमार्ग केन्द्रित अभियान चलाएको माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्न लागेको हो ।

आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको
प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

‘मध्य पहाडी केन्द्रित अभियान जेठ २ गतेबाट सुरु गर्ने निर्णय गरेको छौं, अभियानको फुलफेज कार्यक्रम बन्न बाँकी नै छ । आजको बैठकले हुलाकी मार्ग केन्द्रित जागरण अभियानबारे समीक्षा गरेको थियो, जो सोचेभन्दा बढी अभियान सफल भएको हामीले निष्कर्ष निकालेको छौं,’ उनले भने ।

उनका अनुसार गत पुस २३ गते सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरे पनि पहाड केन्द्रित आन्दोलनको मिति तय भने गरेको थिएन । आजको बैठकले जेठ २ गतेवाट अभियान सुरू गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान गत वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भइसकेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ