सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने काँग्रेस संसदीय दलको निर्णय

सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने काँग्रेस संसदीय दलको निर्णय

  • शनिबार, बैशाख २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ — कांग्रेसले सरकारले ल्याएको बजेटको नीति तथा कार्यक्रमलाई सकारात्मक धारणा र रचननात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलकोआजको बैठकले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम देशका प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको जनाएको छ ।

तर संसदीय दलको बैठकमा कतिपय सांसदहरुले भने संयुक्त सरकारको भावनाविपरीत नीति तथा कार्यक्रम नआएको भन्दै आलोचना गरेका थिए । ‘सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२र०८३ को नीति कार्यक्रममा प्रस्तुत भएका कार्यक्रम सम्पन्न हुने गरी आगामी आव २०८२र८३ को बार्षिक विकास कार्यक्रम ९बजेट० तयार गर्न नेपाल सकारसँग यो बैठक अनुरोध गर्दछ,’ दलको बैठकपछि जारी निर्णयमा भनिएको छ ।

सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्ने दिशामा कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै बैठकले संसद् र यसका विषयगत समितिहरुमा गम्भीर, जिम्मेवार एवं प्रभावकारिताका साथ प्रस्तुत हुने संकल्प गरेको छ । संसद् र विषयगत समितिमा रहेका सांसदहरुले बैठकमा उपस्थित नभएर गैरजिम्मेवार बनिरहेको आलोचना भइरहेका बेला कांग्रेस बैठकले सबै सांसदहरुलाई संसद् र आफ्ना विषयगत समितिका सम्पूर्ण गतिविधिमा जिम्मेवारीपूर्वक क्रियाशील रहने निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ