सरकारको नीति कार्यक्रमको पक्षमा उभिन एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

सरकारको नीति कार्यक्रमको पक्षमा उभिन एमाले सांसदलाई प्रधानमन्त्री ओलीको निर्देशन

  • शनिबार, बैशाख २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रमको समर्थनमा उभिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे।

‘उनले पार्टी भित्र बैचारिक एकता रहेको र संसदको गतिविधिमा अझ प्रभावकारी ढंगले प्रकट गर्न पनि सांसदहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरुपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको जिकिर गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ