म समाजवादको आधार तयार पारेर मात्र यो दुनियाबाट विदा हुन्छु : प्रचण्ड ( भिडियो सहित )

म समाजवादको आधार तयार पारेर मात्र यो दुनियाबाट विदा हुन्छु : प्रचण्ड ( भिडियो सहित )

  • शनिबार, बैशाख २०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बैशाख २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले नेपालमा समाजवादको आधार तयार पारेर मात्र यो संसारबाट विदा लिने उद्घोष गरेका छन् ।

आज पार्टीको दक्षिणकाली नगरपालिकाको चौथो नगर सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले समाजवादको आधार तयार गरेर विदा लिने संकल्प आफूले लिएको बताए ।

‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु । तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ ।’

तराई मधेश जागरण अभियानका क्रममा एक करोड बढी जनतासँग साक्षात्कार गरिएको भन्दै यसबाट आफू निकै उत्साहित भएको प्रचण्डको भनाई छ ।

दक्षिणकाली क्षेत्रमा आफूले ६४ सालमा चुनाव लड्दाको जस्तै उत्साह ८२ सालमा आफूले पाएको भन्दै प्रचण्डले अबको निर्वाचन माओवादीले एक्लै जित्ने दाबी गरे ।

सम्मेलनमा महिलाहरुको सहभागीता उत्साहजनक देखिएको भन्दै महिला उत्साहित भएर सहभागीता बढेपछि निर्वाचन जित्ने आधार बनेको देखिने उनको भनाई छ ।

भ्रष्टाचारको बिरुद्ध र सुसासनका पक्षमा आफू नेतृत्वको सरकारले ईतिहासकै रेकर्ड ब्रेक गर्ने गरी काम गरेको उनको भनाई छ ।

चीन र भारतसँग पनि रेकर्ड ब्रेक हुने गरी आफूले सम्झौता गरेको, नेपाल , भारत र बंगलादेशबीच बिद्युत व्यापार सम्झौता जस्ता ऐतिहासिक काम आफूले गरेको उनको भनाई छ ।

चीन र भारतसँग पनि रेकर्ड ब्रेक हुने गरी आफूले सम्झौता गरेको, नेपाल , भारत र बंगलादेशबीच बिद्युत व्यापार सम्झौता जस्ता ऐतिहासिक काम आफूले गरेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ