केआईआईटीमा नेपाली बिद्यार्थीको मृत्यु भएको विषयमा अनुसन्धान गर्न नेपाली दुतावासको भारतलाई आग्रह

केआईआईटीमा नेपाली बिद्यार्थीको मृत्यु भएको विषयमा अनुसन्धान गर्न नेपाली दुतावासको भारतलाई आग्रह

  • शुक्रबार, बैशाख १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली विद्यार्थी मृत फेला परेको घटनाबारे स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान गर्न नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सरोकारवालाहरूसँग आग्रह गरेको छ।

राजदूतावासले आज विज्ञप्ति जारी गर्दै केआईआईटी विश्वविद्यालयका प्रतिनिधि, प्रहरी, विदेश मन्त्रालयका अधिकृतसँग सम्पर्क तथा छलफल गरी घटनाबारे जानकारी लिएको जनाएको हो।

सरोकारवालासँगको छलफलमा घटनाको स्वतन्त्र एवं निष्पक्ष अनुसन्धान हुनुपर्ने तथा केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्न जोड दिएको राजदूतावासले जनाएको छ। राजदूत डा। शंकर शर्माले ओडिसाका मुख्यमन्त्री मोहनचरण माझी, प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न अनुरोध गरेको राजदूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘यस राजदूतावासले केआईआईटी विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको छ। साथै, यस राजदूतावासले आज बिहान केआईआईटी विश्वविद्यालयका प्रतिनिधिलाई राजदूतावासमा बोलाई उक्त घटनाका बारेमा जानकारी लिएको थियो ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ