काठमाडौँ । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छन् ।
घटनामा परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएको छ ।
परराष्ट्रमन्त्री आरजु देउवा राणाले यसबारे शुक्रबार बिहान जानकारी गराएकी हुन् । मृत फेला परेकी नेपाली छात्रा प्रिसा साह हुन् ।
वीरगन्जकी ती छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासलको चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।
उडिसाकै केआईआईटीमा अर्की नेपाली छात्रा मृत फेला
गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् ।
सो घटनापछि फर्किएका नेपाली बिद्यार्थी पुनः त्याहाँ पढ्न गएका बेला फेरी यो घटना भएको हो ।
घटनाबाट त्याहाँ रहेका नेपाली बिद्यार्थीहरु र घर परिवार स्तव्ध बनेका छन् ।