भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार ढालियो : प्रचण्ड

भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार ढालियो : प्रचण्ड

  • बुधबार, बैशाख १७, २०८२
  • डम्मर दत्त भट्ट

  • 6.6K
    SHARES

कञ्चनपुर, १७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए ।
‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचार बनाउन लागेको छ ।’
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद्युत व्यपार सम्झौता अघि बढेको बताए ।
अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताए । ‘सरकारले आन्दोलनरथ शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’
गत फागुनदेखि माओवादीले शुरुवात गरेको अभियान माओवादीको मात्रै नरहेको बताउँदै प्रचण्डले राष्ट्रिय अभियान नै भएको दावि गरेका छन ।

अभियानका क्रममा किसान, मजदुर, सहिददेखिका आम सर्वसाधारणसंग प्रत्यक्ष सम्वाद गरेको बताए ।
यस अघि माअ‍ोवादीका नेता स्व. पोष्ट बहादुर बोगटीले उर्जा, जलस्रोत मन्त्रालय सम्हाल्दा पश्चिम सेती परियोजना अघि बढाउने योजना भएपनि पछिल्ला सरकारले बढाउन नदिएको बताए । पञ्चेश्वर परियोजना कुनैपनि हालतमा सफल पारिने प्रचण्डको उद्घोष छ ।

आफु प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पूर्वाधार तर्फ थुप्रै योजना अघि बढेकोे बताउँदै प्रचण्डले कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षालय निर्माण गरिने बताए ।
प्रचण्डले आर्थिक क्रान्ति गरेर समाजवाद अभियान सफल पार्नका लागि माओवादीलाई साथ दिन समेत अपिल गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ