नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाटै प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनी नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका थिए।
एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ ।
चौधरीलाई टीकापुर घटनाकै बाँकी सजायका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सर्वोच्चको फैसलाको पूर्ण पाठमा आममाफी दिन नमिल्ने लेखिएको छ । घटनामा मारिएका शसस्त्र प्रहरी निरीक्षक केशब बोहराकी श्रीमती शारदा कडायतले दायर गरेको. रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
चौधरीलाई डिल्ली बजार कारागारमा पुर्याईएको छ ।
चौधरी पक्राउ परेपछि कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline