कञ्चनपुर, १७ बैशाख । माघ फागुण १२ गते झापाको कचनकवल गाँउपालिकाबाट शुरु भएको माओवादीको तराई मधेश जागरण अभियान आज समापन हुँदैछ ।
यस अभियानको आज कन्चनपुरमा समापन हुनेछ । यो अभियान बीच बीचमा स्गगित हुँदै शुरु भएको थियो ।
यो अभियानका क्रममा करीब एक करोड जनतासँग साक्षात्कार भएको र जनतामा राम्रो प्रभाव परेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
आज अन्तिम दिन कन्चनपुरमा विभिन्न कार्यक्रमहरु हुनेछन् । बुधबार बिहानै पुर्व प्रधानमन्त्री समेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) सहितका नेता कार्यकर्ताहरुलेले पुनर्वासमा मर्निङ्ग वाक गरेका छन् । यस पछि पुनर्वास, बेलौरी, बेलडाँडी, बेदकोट र भीमदत्त नगरपालिकामा दिनभर अभियानका विवित कार्यक्रम हुनेछन ।
पुर्वी नेपालको झापादेखि शुरु भएको नेकपा माओवादी केन्द्रको अभियान सुदूरपश्चिम प्रदेश कञ्चनप्ुर पुगेको छ । सोमबार कैलाली पुगेको अभियान मंगलबार दिनभर कैलाली सकेर कञ्चनपुर पुगेको हो ।
हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको थियो । सुपको कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विवित कार्यक्रम गरेर (मंगलबार)साँझ कञ्चनपुर अभियान टोली पुगेको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कैलालीका विभिन्न स्थानमा अभियान जिल्लाको दक्षिणी पुर्वी नाका डोकेबजार भएर कञ्चनपुर पुगेको बताए ।
टीकापुर स्थित सेती कर्णाली पुलमा स्वागत गरेर अभियान सचालन गर्दै पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिह परिवारसंग भेटघाट, अन्तरकृया गरेर धनगढी भन्सारदेखि डोकेबजारबाट कञ्चनपुर प्रवेस गरेको हो ।
१६ बैशाख कञ्चनपुरको डोकेबजारमा प्रवेस गरेर हुलाकी राजमार्ग केन्द्रीत हुने जनाएको छ । पुनर्वास नगरपालिका स्वागत एव भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसंग भेटघाट छलफल, रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, बेदेकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा राखेर अभियानको समापन गरिने छ । अभियानको तयारीका लागि कञ्चनपुरको पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त नगरपालिका सहितका पाटी कमिटि तयारीमा जुटेका छन । सुदूरका तराईका जिल्ला कैलाली कञ्चनपुरमा हुने अभियानमा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल(प्रचण्ड) सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘पाटीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल समापन गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेबारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।’ पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन । अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ । यसरी पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले जनताकै घरदैलो केन्द्रीत गरेको अभियानले नागरिक समेत उत्साहित भएका छन ।