पत्रकार महासंघको टोलीले घाइते पत्रकार भेट्यो, भन्छिन् दाहिने आँखा हेर्नै मिल्दैन

पत्रकार महासंघको टोलीले घाइते पत्रकार भेट्यो, भन्छिन् दाहिने आँखा हेर्नै मिल्दैन

  • आइतवार, बैशाख १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

वैशाख १४, काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले शिक्षक आन्दोलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीलाई भेट गरेको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको टोलीले तिलगंगा अस्पताल पुगेर घाइते पत्रकार कार्कीको स्वास्थ्य अवस्था बुझेको हो ।

महासंघकी अध्यक्ष निर्मला शर्माले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन र क्षतिपूर्ति दिन सरकारसँग माग गरिन् ।

साथै उनले पत्रकारहरूलाई पनि रिपोर्टिङमा जाँदा पहिला आफू सुरक्षित रहन् आग्रह गरिन् ।

यसअघि महासंघले आज विज्ञप्ति जारी गर्दै नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक रहेको जनाएको थियो ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

प्रहरी र शिक्षकबीचको झडपको क्रममा रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीलाई आँखामा चोट लागेको थियो । सुरुमा उनलाई बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो । त्यहाँबाट चिकित्सकले ट्रमा सेन्टर रिफर गरेका थिए । तर, उनको आँखामा चोट भएपछि तिलगंगा अस्पताल लगेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सक डा. सिभान्त श्रेष्ठका अनुसार चोटको कारणले गर्दा दुवै आँखाका लेन्सहरु सुन्निएका छन् ।

‘आँखाभित्र रगत जमेको (हाइफिमा) छ । जसले गर्दा भिजन एकदमै कम रहेको छ । आँखाको छालाको माथिल्लो भाग पनि च्यातिएको छ । चोटको कारण आँखाको प्रेसर पनि बढेको छ,’ उपचारमा संलग्‍न चिकित्सक श्रेष्ठले भनिन् ।

‘शिक्षकहरू नारा जुलुस गर्न लाग्नुभयो । शिक्षक आक्रोशित प्रहरीले पानीको फोहरा हान्न थाल्यो । क्यामेरा पर्सन भिडियो खिच्न लाग्नुभयो,’ अस्पतालको बेडबाटै कार्कीले भनेकी छिन्, ‘म पनि छेउमा बसेर मोबाइल झिकेर भिडियो खिच्न लागेको थिएँ । पानीको फोहरा अनुहारमा लाग्यो । केही देख्न सकिनँ, चिच्च्याएँ । आत्तिएँ ।’सुरुमै प्रहरीले हानेको पानीको फोहरा आफूलाई लागेको उनले बताएकी छिन् ।‘एक्कासी मलाई लाग्यो । दाहिने आँखा हेर्नै मिल्दैन,’ उनले भनिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ